अग्रपंक्तिमा खटिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने — OSNepal

अग्रपंक्तिमा खटिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने

LC (KTM) January 21, 2022 0

काठमाडौं, ७ माघ-काठमाडौं उपत्यकामा सबै प्रकारको व्यसायीहरूले अग्रपंक्तिको काउन्टरमा रहेर नियमित सेवा दिने कर्मचारीको साताको दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले बिहीबार जारी गरेको शुक्रबारदेखि अर्काे आदेश जारी नभएसम्म लागु हुने आदेशमा ‘सबै प्रकारका व्यवसायीहरूको अग्रपंक्तिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरूलाई नियमति सेवा दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई दिन एन्टिजेन परीक्षण गराई रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई काममा खटाउने’ भनिएको छ ।

योसँगै अब बैंक तथा वित्तीय संस्थाको काउन्टरमा बस्ने कर्मचारीले हरेक साता दुई पटक एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर