सुँगुरको किड्नी ब्रेन डेड मानिसमा सफल प्रत्यारोपण — OSNepal

सुँगुरको किड्नी ब्रेन डेड मानिसमा सफल प्रत्यारोपण

LC (KTM) January 21, 2022 0

काठमाडौं।अमेरिकाको अलबामामा चिकित्सकहरुले वंशानुगत रुपमा परिवर्तन गरिएको सुुँगुरको किड्नी एउटा ब्रेन डेड मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । अलाबामा विश्वविद्यालयका चिकित्सकहरुले शल्यक्रिया सम्पन्न गरेका हुन् । गत वर्षको सेप्टेम्बरमा मोटरसाइकल दुर्घटनामा परेपछि ५७ वर्षीइ जिम पार्सनलाई ब्रेन डेड घोषणा गरिएको थियो ।

शल्यक्रियापछि प्रत्यारोपण गरिएको किड्नीले तत्काल काम गर्न थाले प्राप्त विवरणहरुमा जनाइएको छ । यसै महिना शल्यचिकित्सकहरुले वंशानुगत रुपमा परिवर्तन गरिएको बंगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको थियो । डेभिड बेन्नेट नाम गरेका व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गर्ने उनी पहिलो व्यक्ति भएको जनाइएको छ ।

युनिभर्सिटी अफ म्यारिल्यान्डका चिकित्सकहरुको समूहले गरेको सो शल्यक्रियालाई बेन्नेटले चमत्कार भनेका छन् । सो विवरण सार्वजनिक भएपछि एक भारतीयले आफूले २५ वर्षअघि नै सुँगुरको मुटु पत्यारोपण गरेको दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर