पूर्वसांसद मानन्धरको निधन — OSNepal

पूर्वसांसद मानन्धरको निधन

LC (KTM) January 21, 2022 0

काठमाडौँ, ७ माघ -पूर्वसांसद लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट टे«डिङ लिमिटेडका अध्यक्षसमेत रहनुभएका उहाँको ९४ वर्षको उमेरमा बिहीबार राति निधन भएको हो । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो । अस्पताल पु¥याएको केही बेरमा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले राससलाई जानकारी दिनुभयो । विसं २०२० भदौ २० गते लिमिटेडको स्थापना हुँदा उहाँ संस्थापक सञ्चालकका रुपमा रहनुभएको थियो ।

लिमिटेडको संस्थापक सञ्चालकमध्ये बिहीबारसम्म उहाँ एक जना मात्र जीवित हुनुहुन्थ्यो । लिमिटेडको स्थापना हुनुअघिदेखि नै मानन्धरले नुनको व्यापार गर्दै आउनुभएको थियो । नेपालमा नुनको व्यापार व्यवस्थित गर्न सरकारले लिमिटेडको स्थापना गरेपछि उहाँ त्यसको संस्थापक सञ्चालक बन्नुभएको हो । व्यवसायका साथै उहाँ नेकपा (एमाले) को राजनीतिमा पनि सक्रिय हुनुहुन्थ्यो । मानन्धरले नेपाल भाषाको सम्वद्र्धनमा पनि काम गर्नुभएको थियो । मानन्धरको आजै विष्णुमती किनारस्थित इन्द्रायणी मन्दिर परिसरमा धार्मिक विधिअनुसार अन्त्येष्टि गरिने बताइएको छ । अन्त्येष्टि अघि ठहिटीस्थित उहाँको निवासबाट शवयात्रा गरिने छ । मानन्धरका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर