मिरा चलचित्रको शुभ मुहर्त – OSNepal

मिरा चलचित्रको शुभ मुहर्त

osnepalmain January 21, 2022 0

चलचित्रकर्मी एवं निर्देशक रोशन कुमारको निर्देशनमा कोरोना महामारीबीच नयाँ नेपाली चलचित्र ‘मीरा’ निर्माण हुने भएको छ । गुहेश्वरी मन्दिर परीसरमा सरकारले निर्धारण गरेको नियम अनुरुप २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभ मुहर्त गरिएको छ । नेपाली कथनक चलचित्र ‘मीरा’ को शुभ मुहर्त द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रा. लि तथा मझारे ईन्टरटेन्मेन्टको संयुक्त रूपमा निर्माण गर्ने उक्त फिल्म शुभ मुहर्त समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले अभिनय गरेर शुभारम्भ थिए । चलचित्रकर्मी एवं नायक कृष्ण मल्लको निर्देशनमा सो समारोहमा चलचित्रका मुख्य मुख्य कलाकारहरूबाट फिल्मकै संवाद बोलेका थिए ।

शुभ मुहर्त समारोहको प्रारम्भमा वरिष्ठ साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा स्क्रिप्ट पूजा गरिएको थियो । शुभ मुहर्तको समयमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गरेका थिए भने चलचित्रकर्मी राजेश बिसुरालले क्ल्याप गरेका थिए । लेखक सुशिल देवकोटाले नरिवल फुटाइ शुभसाइत शटको थालनी गराएका थिए । त्यसअघि चलचित्रकर्मी सुनिल कटवालले क्यामराको पूजा गरेका थिए । समारोहमा प्रसारणको क्रममा रहेको टेलिश्रृंखला ‘ब्ल्याक एण्ड ह्वाइ’ को टिमलाई नै मुख्य अतिथि बनाइएको थियो ।

समारोहलाई सम्बोधन गर्दै फिल्मका निर्देशक रोशन कुमारले मीरा नारी प्रधान फिल्म हुने जानकारी दिँदै फिल्मले बलात्कार जस्तो निन्दनीय घटनालाई हतात्साहित गर्ने कथावस्तु समेटिएको जानकारी गराए । फिल्ममा रजिना अर्यालले मीराको चरित्र चित्रण गर्दैछिन् । उनको यो पहिलो फिल्म हो ।

फिल्मकी मुख्य पात्र मीरा अर्थात रजिना अर्याल तथा रविना के. सीलाई सृजना सुत्रले फिल्मकालागि काष्ट गरेको सृजना सुत्रका सुभाष प्रधानले जानकारी गराएका छन् । फिल्मका अभिनेता रमेश क्षेत्रीले फिल्मले एउटी कमजोरी आर्थिक अवस्था भएकी महिलाको सरकारी जागिर खाने सपना र त्यसलाई पुरा गर्ने क्रममा उनले भोग्नु परेका पीडालाई फिल्मले समेट्ने तथा आफूलाई उनलाई हरेक प्रकारले सहयो गर्ने भूमिका निर्वाह गरेको बताए ।

फिल्ममा रजिना अर्याल र रमेश क्षेत्रीसँगै प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री आदि कलाकारले अभिनय गर्दैछन् । गोपाल कार्की तथा आरोही श्रेष्ठ फिल्मका निर्माता हुन् । यो फिल्मको कथा प्रेम बस्यालको रहेको छ । समारोहमा फिल्मको पोस्टर समेत अनावरण गरिएको थियो ।

कोरोना कहरबीच स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने यो फिल्म यही नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिएका छन् ।

समारोहमा कृष्ण मल्ल, राजेश बिसुराल, नारायण प्रधान, सुनिल कटवाल, सुशील देवकोटासहितका व्यक्तित्वले विषय परिस्थितिमा निर्माण हुन लागेको फिल्मको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए । सौन्दर्य क्रियसन, चौबन्दी क्रियसन तथा अदिती कलेक्सनको भेषभुषा रहने यो फिल्ममा श्रद्धा कँडेलको श्रृङ्गार रहने छ । बिपुल क्षेत्री यो फिल्मका प्रोडक्सन मेनेजर हुन् । अमृत पाण्डेको सिनेमाटोग्राफी रहने छ भने सह निर्देशनमा समीर ढकाल छन् । साथै अन्य कलाकारमा राजु श्रेष्ठ, सञ्जय ढुंगाना, उन्नत उप्रेती, मन्जिल श्रेष्ठ, प्रमिला बिक, प्रज्वल गिरीसहित ब्ल्याक यन्ड व्हाइट सिरियलका चर्चित कलाकारहरू पनि रहने छन् । फिल्ममा सबै कलाकार थिएटरका रहने ‘मीरा’ मा जे.बी. रुवाली, दिनेशजंग खड्का जस्ता पुराना रङकर्मीहरूले अभिनयको वर्कशप गराउने जानकारी निर्माण संस्थाले दिएको छ ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement