चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्नु देशघात भएको रावलको आरोप — OSNepal

चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्नु देशघात भएको रावलको आरोप

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले सरकारलाई प्रश्‍न गरेका छन् । चुरे विनास गर्दै तराईलाई मरुभुमिकरण बनाई बालुवा,गिट्टी भारत पठाएर नेपालको विकासमा बाधा खडा गर्ने मनसाय सरकारको भएको टिप्पणी गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटमा ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने कार्यक्रम राखेको प्रति चौतर्फी आलोचना हुँदा नेता रावलले पनि यस विषयलाई जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समुहलाई १० मन्त्रालय दिने विषय सम्बिन्धत हो भनेर सरकारसँग प्रश्न गरेका छन् ।

नेता रावलले ट्वीटर मार्फत राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात१ भएको बताएका छन् ।

उनले भनेका छन् । बालुवा, गिट्टीको निकासी र जसपा(महन्थ) लाई १० मन्त्री दिइने कुराको सम्बन्ध छ किरु राणा शासनमा अंग्रेज शासित भारतमा रेलका पटरी बनाउन बन विनाश गरिएझैं चुरे विनाश गर्दै बालुवा,गिट्टी भारत पठाएर तराईलाई मरूभूमिकरण गर्ने र बालुवा गिट्टी महंगो बनाई नेपालको विकासमा बाधा खडा गर्ने, देशघात !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर