कोरोनाका कारण फेरि स्थगित भयो कांग्रेसको १६ जिल्लाको अधिवेशन — OSNepal

कोरोनाका कारण फेरि स्थगित भयो कांग्रेसको १६ जिल्लाको अधिवेशन

LC (KTM) January 21, 2022 0

काठमाडौँ, ७ माघ-नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली, र अछामको अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि हाललाई स्थगन गरिएको जनाएको छ ।

यही माघ १५ गते गर्ने भनिएका उक्त जिल्लाको जिल्ला अधिवेशन कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्वास्थ्य सुरक्षाको जोखिमलाई ध्यानमा राखी हाललाई स्थगित गरिएको समिति सचिव केशव रिजालले जानकारी दिनुभयो । सङ्क्रमण जोखिम न्यूनीकरण भएर आम जनजीवन सामान्य बन्दै गएपछि उक्त जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिने उहाँले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर