नेपालमा कोरोना संक्रमण बढीरहेका बेला बोले प्रधानमन्त्री देउवा — OSNepal

नेपालमा कोरोना संक्रमण बढीरहेका बेला बोले प्रधानमन्त्री देउवा

LC (KTM) January 21, 2022 0

काठमाडौं, ७ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणको खोपको प्रभावकारी रहेको बताएका छन् ।

शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रणमा खोपको प्रभावकारिता रहेकाले चैतसम्म सबैलाई खोप लगाइसक्ने बताएका छन् ।

साथै उनले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न र खोप लगाएर कोरोना संक्रमण नियन्त्रणमा सहयोग गर्न सबैमा अपिल गरेका छन् ।

यो पनि : प्रधानमन्त्रीको सम्बोधन : एक वर्षभित्र तीनै तहको निर्वाचन हुन्छ, तयार भएर बस्नुस् : प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको निर्वाचन हुने घोषणा गरेका छन् ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन एक वर्षभित्रै हुने भएकाले तयारीमा रहन निर्देशन दिएका हुन् ।

प्रमख राजनीतिक दलहरूबीच निर्वाचनको विषयमा छलफल चलिरहेका बेला प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने घोषणा गरे पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।

आगामी वैशाखमा स्थानीय तहको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोेक्नेबारे सहमति जुटिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर