प्रधानमन्त्रीले भने- मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ — OSNepal

प्रधानमन्त्रीले भने- मेलम्चीको पानी यसै वर्षभित्र काठमाडौं आउँछ

LC (KTM) January 21, 2022 0

काठमाडौं, ७ माघ – प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यका ल्याउने बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं आउने बताए ।

मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ । आयोजनाले चैतभित्रै पानी राजधानी ल्याउने यसअघि नै जनाइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर