कोरोना खोपमा मनपरी : सर्वसाधारणलाई सास्ती नै सास्ती — OSNepal

कोरोना खोपमा मनपरी : सर्वसाधारणलाई सास्ती नै सास्ती

LC (KTM) January 21, 2022 0

सरकारले कोरोना बिरुद्धको खोप निशुल्क भने पनि खुलेआम रुपमा रकम असुल भइरहेको पाइएको छ । कोरोनाको खोप लगाउनका लागि भर्नु पर्ने फर्म लाई फार्मेसीवालाहरुले १ सय रुपैया लिएर भरिरहेका हुन् । फर्म भर्न जान्नेलाई त सजिलै होला तर कोरोनाको खोप हान्न जाने सबै पढे लेखेका हुदैनन् ।

उनीहरुलाई फार्मेसीवालाहरुले १ सय रुपैया असुल गरिरहेका हुन् । त्यतिमात्र हैन अब्यवस्थित लाइनले झनै दुःख सास्ती ब्यहोर्नु परेको खोप लगाउन आएका ब्यक्तिहरुको भनाई छ । छत्रपार्टी बाट अस्पताल सम्म आएकी शान्ति देबी भन्छिन्– भित्र आउँदा पनि सुख छैन बाहिर बस्दा पनि सुख छैन । बिहान ५ बजे देखि लाईन बसेको । घरमा छोरा लाई खाना बनाएर स्कुल पठाउनु पर्ने यहा यस्तो छ ताल ।

त्यस्तै बिदेश जानका लागि तयारी अवस्थामा रहेका सोलुबाट आएका प्रकाश कटुवालले त लात्तले खाए पनि । उनले भने– म बिदेश जानु पर्ने । पहिलो डोज हानिसकेको छु । दोस्रो डोजको लागि आएको । बिहान ६ बजे देखी आएर लाइन बसेको पुलिसले लछार पछार गर्दै लात्तले हान्यो । कस्तो सास्ती पाईरहेका छन् त भनेरस्थलगत रुपमा तयार पारेको भिडियो तलको लिंकमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर