गायक बिक्कीको ‘एकै नजरमा, विकास र बिना राउतको अभिनय — OSNepal

गायक बिक्कीको ‘एकै नजरमा, विकास र बिना राउतको अभिनय

LC (KTM) January 21, 2022 0

काठमाडौ । युवाले सुन्दर युवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्धगर्नुभएको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गर्नुभएको छ । कालिञ्चोकमा छायाङ्कन गरिएको म्युजिक भिडियो बुद्ध थापाले छायाङ्कन गर्नुभएको हो । विकास लामिछाने र बिना राउतले भिडियोमा अभिनय गर्नुभएको छ ।

भिडियोको सम्पादन दिन्सन शाहले गर्नुभएको हो । केशवराज भट्टको निर्देशनमा भिडियो तयार पारिएको हो । सङगीतकार दाहालको आधिकारिक च्यानल ‘टीका दाहाल म्युजिक’मार्फत् भिडियो सार्वजनिक भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर