मलेसियाबारे नेपाल सरकारले लियो एकाएक यस्तो निर्णय, अब के होला ? — OSNepal

मलेसियाबारे नेपाल सरकारले लियो एकाएक यस्तो निर्णय, अब के होला ?

LC (KTM) January 21, 2022 0

काठमाडौं, ७ माघ । सरकारले मलेशियालगायत खाडी मुलुकको भ्रमणमा रोक लगाएको छ । कोभिड -१९ को ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिँदै गएको हुँदा मलेशियालगायत खाडी राष्ट्रमा गयका नागरिकहरू विचल्लीमा पर्ने गरेको गुनासो आएको भन्दै गृह मन्त्रालयले खाडी मुलुकको भ्रमणमा रोक लगाएको हो । मन्त्रालयले माघ १० गतेदेखि अर्को आदेश जारी नभएसम्मको लागि त्यस्ता राष्ट्रको भिजिट भिसामा भ्रमण जान रोक लगाएको हो ।

यो पनि : फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारी धमाधम संक्रमित : तनहुँमा कोरोना संक्रमण दैनिक बढ्दो छ । दैनिक संक्रमण बढिरहेको बेला विशेषत स्वास्थ्यकर्मी र कर्मचारी बढी संक्रमित भइरहेको छन् । फ्रन्टलाइनर स्वास्थ्यकर्मी र कर्मचारीमा देखिएको संक्रमणदरले समुदायस्तरमा कोरोना भुसको आगो झैँ फैलिरहेको आकलन सहजै गरिन्छ ।

भीमाद नगरपालिका-६ स्थित भीमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य चौकीमा कार्यरत १९ जनामध्ये दुई जनालाई मात्रै कोरोना देखिएको छैन । तीन डाक्टरसहित अधिकांशलाई कोरोना पुष्टि भएपछि शनिबारसम्मका लागि स्वास्थ्य चौकीको सेवा बन्द गरेको वरिष्ठ ल्याब असिस्टेन्ट रूपक बुढा मगरले बताए ।

स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ । यस्तै सुत्केरी सेवा पनि नियमित प्रदान गरिएको छ । ‘शनिबारसम्मलाई सेवा बन्द गरेका छौं । पहिलो चरणमा कोरोना पुष्टि भएकाहरूको फेरी परीक्षण गर्दा नेगेटिभ आएमा सेवा सुचारु हुन्छ । नभए केही दिन बन्द नै रहन्छ होला’, उनले भने ।

उनका अनुसार नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चार मध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ । यसपालि संक्रमण पुष्टि भएकाहरूलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जिउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने, घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन् । जटिल प्रकृतिको समस्या भने अहिलेसम्म देखिएको छैन ।

शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ जना कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । शुक्रबारदेखि अर्को निर्णय नहुँदासम्मलाई सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले बताए । ‘अत्यावश्यक सेवा प्रवाहका लागि उपलब्ध कर्मचारीबाट आलोपालो प्रणाली लागू गरिएको छ’, उनले भने ।

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडा बजारमा रहेको खैरेनीटार हेल्थपोष्टमा कार्यरत छ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी संक्रमित भइरहेको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव बताउँछन् ।

स्वास्थ्यकर्मी नै संक्रमित भएपछि सेवा प्रवाहमा कठिनाइ भएको उनले बताए । ‘स्वास्थ्य चौकी र नगरपालिकामा सेवा लिनलाई संक्रमित पनि आए । जनस्वास्थ्यको मापदण्ड पालना भएन । त्यसैले कर्मचारी र स्वास्थ्यकर्मीमा संक्रमण सर्‍यो’, उनले भने ।

यतिबेला समुदायस्तरमै भुसको आगो झैँ भित्रभित्रै कोरोना फैलिरहेको उनको अनुमान छ । ‘अझै पनि स्वास्थ्यको मापदण्ड फिटिक्कै पालना भएको छैन । बजारमा मास्क नलगाइकन हिँडडुल गरेको देखिन्छ । स्वास्थ्यकर्मीको मात्र जिम्मेवारी हैन कोरोना रोकथाम गर्ने, अब सबै पक्ष एक जुट नहुने हो भने कोरोना नियन्त्रणमा लिनलाई मुस्किल हुन्छ’, उनले भने । समुदायस्तरमा त सामान्य रुघाखोकी ठानेर अझै परीक्षणको दायरामा नआएको उनको भनाई छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिकाका १४ जना कर्मचारी र स्वास्थ्यकर्मीलाई संक्रमण पुष्टि भएको छ । कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि बुधबारदेखि ९ माघसम्म गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको छ । ‘समुदायस्तरमा परीक्षणको दायरा बढाउने हो भने अधिक संक्रमित भेटिन्छन्’, स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले बताए । प्रयोगशालाकै कर्मचारी संक्रमित भएपछि परीक्षणको दायरा बढाउन नसकेको उनको भनाई छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार तनहुँमा ४२ जना स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ । शुक्रबार तनहुँमा मात्र ६९ जनालाई कोरोना पुष्टि भएको छ ।

११६ जनाको कोरोना परीक्षण गरिएको थियो । हाल जिल्लामा ३३१ जना सक्रिय संक्रमित छन् । वैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टि भएको छ । पाँच हजार २५१ निको भए । वैशाखयता मात्रै १३० जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर