ठिमाह कम्युनिष्टले नेपाल बाट हिन्दु धर्म सिध्याउन लागे– अधिबक्ता बालकृष्ण न्यौपाने — OSNepal

ठिमाह कम्युनिष्टले नेपाल बाट हिन्दु धर्म सिध्याउन लागे– अधिबक्ता बालकृष्ण न्यौपाने

LC (KTM) January 21, 2022 0

कोरोना बढेको भनेर हिन्दु धर्मावलम्बीहरुको मन्दिरमा मात्र प्रबेशमा रोक लगाइएको भन्दै अधिबक्ता बालकृष्ण न्यौपानेले कडा आपत्ति जनाउनु भएको छ । रिर्पाेटर्स क्लबमा भएको एक कार्यक्रममा उहाले कोरोना हिन्दु धर्मको मन्दिरमा मात्र छिर्ने हो कि इशाइहरुको चर्च, मुस्लिमहरुको मस्जिद, बौद्धिष्टहरुको गुम्बामा छिर्ने हो भन्दै आपत्ति जनाउनु भएको हो ।

उहाले भन्नुभयो– हिजो मध्यराती बाट हिन्दु धर्मका मन्दिरमा ताल्चा लगाइयो । चर्च, मस्जिदमा चाहि किन लगाइएन ? चर्चमा प्रे गर्न २५ जनाको नियम लाग्दैन, स्यम्भु बौद्ध ठुलो संख्यामा भिड लाग्छ त्यहा कोरोना छिर्दैन , शुक्रबार रत्नपार्कमा मस्जिदमा हजारौको संख्यामा मान्छे आउँछन् त्यहाँ कोरोना नछिर्ने अनि हिन्दु धर्मको मन्दिर पशुपतिमा चाँहि छिर्ने ? यो कहाँको नियम हो । उनले नेपालका नेताहरुले नेपाल बाट हिन्दु धर्म सिध्याउन लागी परेको आरोप समेत लगाए ।

ठिमाह कम्युनिष्टको प्रबेशले देशमा यस्तो भएको हो भन्दै यसको मुख्य नाईके पुष्पकमल दाहाल प्रचण्ड रहेको जिकिर गरे । उनले क्रिसमस मा छुट्टी दिने सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्तीमा किन नदिएको भन्दै प्रश्न समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर