भिजिट भिसामा खाडी र मलेसिया जान रोक — OSNepal

भिजिट भिसामा खाडी र मलेसिया जान रोक

LC (KTM) January 21, 2022 0

काठमाडौँ, ७ माघ -सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो ।

यही माघ १० गतेदेखि ती मुलुकमा भिजिट भिसामा भ्रमणमा जान रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । नेपाली युवायुवती भिजिट भिसामा खाडीका मुलुक र मलेसियामा पुगी विभिन्न गतिविधिमा संलग्न हुने गरेका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर