एक खेल अगाडी नै दक्षीण अफ्रिका भारतबिरुद्धको तीन खेलको एकदिवसीय सिरिज जित्न सफल — OSNepal

एक खेल अगाडी नै दक्षीण अफ्रिका भारतबिरुद्धको तीन खेलको एकदिवसीय सिरिज जित्न सफल

LC (KTM) January 21, 2022 0

घरेलु टोली दक्षिण अफ्रीकाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै आफ्नो पोल्टामा पारेको छ । पर्लमा शुक्रबार सम्पन्न दोस्रो एकदिवसीयमा भारतलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले सिरिज दुई शुन्यले आफ्नो बनाएको हो ।यस जितसँगै दक्षिण अफ्रीकाले सिरिजमा दुई शुन्यको को अग्रता समेत बनाएको छ ।

तेस्रो तथा अन्तिम एकदिवसीय आइतबार केप टाउनमा हुनेछ । भारतले दक्षिण अफ्रीका समक्ष २ सय ८८ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रीकाले ४८ ओभर १ बलमा मात्र ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।दक्षिण अफ्रीकाको जितमा जानेमान मालनले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । क्विन्टन डी ककले ७८ रनको इनिङ्स खेल्दा कप्तान तेम्बा बाभुमाले ३५ रन बनाए । एडिन मार्क्रम ३७ रनमा अविजित रहदा रस्सी भान डेर डुसेन पनि ३७ रनमा अविजित रहे ।

भारतका जस्प्रित बुम्राह, युजभेन्द्र चाहल र शार्दुल ठाकुरले एक एक विकेट लिए ।यस अघि पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ८७ रन जोडेको थियो । भारतका ऋषव पन्तले ८५ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान केएल राहुलले ५५ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर