कुवेतमा अबैध मदिरासहित तीन नेपाली पक्राउ, पक्राउ परेकालाई यस्तो गर्दै कुबेत सरकार ! — OSNepal

कुवेतमा अबैध मदिरासहित तीन नेपाली पक्राउ, पक्राउ परेकालाई यस्तो गर्दै कुबेत सरकार !

LC (KTM) June 02, 2021 0

दोहा- कुवेतमा अबैध घरेलु मदिरा उत्पादन गरेर बेच्ने तीन नेपाली पक्राउ परेका छन् । कुवेतको जहारा गभरनेट भित्र पर्ने ताईमा सुरक्षा क्षेत्रका कमांडर-कर्नल मतार साबिल, तथा गस्ती विभाग प्रमुख मुबारक अल-हाज्राफसहितको टोलिले एउटा अपार्टमेन्टमा छापा मार्दा ठूलो परिणाममा अबैध मदिरासहित उनीहरुलाई पक्राउ गरिएको समाचारमा जनाइएको छ ।

मदिराका बोतलहरु तथा मदिरा उत्पादन गर्ने उपकरण समेत बरामद गरिएको समाचारमा जनाइएको छ ।प्रहरीले बिशेष सुराकीको आधारमा छापा मार्दा दुई पुरुष र एक जना महिलासहित तीन नेपाली पक्राउ गरेको हो ।पक्राउ गरिएका तीनै कुवेत सरकारले डिपोट गर्ने गरेको छ । यसअघि पनि विभिन्न समयमा घरेलु मदिरा कारोबार गर्ने ठूलो सङ्ख्या पक्राउ परिसकेका छन् ।
तस्वीर : अरब टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर