हिमालयन शेर्पा लाई हराउँदै पुलिस आहा रारा गोल्डकपको अन्तिम आठमा प्रबेश — OSNepal

हिमालयन शेर्पा लाई हराउँदै पुलिस आहा रारा गोल्डकपको अन्तिम आठमा प्रबेश

LC (KTM) January 21, 2022 0

नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । हिजो भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस क्वाटरफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल एक एकको बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि खेलको निर्णय सडन डेथ बाट भएको थियो ।

पेनाल्टीमा पुलिसका तीर्थ राना मगर, निरकुमार राई, सुमन सुवेदी र भोला सिलवालले गोल गरे । पुलिसका कपिल ढकालको प्रहार बाहिरिएको थियो । त्यस्तै हिमालयनका त्रिदेभ गुरुङ, आशिष गुरुङ, पिस्तोल मुतुम्बा र विश्वास श्रेष्ठले गोल गरे । उल्रिच सीवेको प्रहार पोलमा लागेर फर्किएको थियो । सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजीले गोल गरे । तर, हिमालयनका जीवन गुरुङले गोल गर्दा पूर्ण गुरुङ चुकेका थिए । अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर