आज, भोली र पर्सी देशभरका यी स्थानमा वर्षा र हिमपात हुने, चिसो बढ्ने — OSNepal

आज, भोली र पर्सी देशभरका यी स्थानमा वर्षा र हिमपात हुने, चिसो बढ्ने

LC (KTM) January 22, 2022 0

काठमाडाैं, ८ माघ- पश्चिम नेपालबाट फेरि अर्को पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेकाे छ । यसअघि रहेकाे न्यून चापीय प्रणाली कमजाेर बनेका बेला फेरि अर्काे प्रणाली प्रवेश गरेपछि शनिबार, आइतबार र सोमबार नेपालभर असर गर्ने आँकलन गरिएकाे छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार याे प्रणालीका कारण साेमबारसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ । बाँकी प्रदेशका पहाडी तथा तराई भेगका थोरै स्थानमा हल्का वर्षा हुनेछ ।

उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि छ । यो मौसम प्रणाली मंगलबारदेखि कमजोर हुँदै जाने छ ।

‘यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत केही असर पर्न सक्ने साथै तापक्रममा पनि गिरावट हुन सक्ने देखिएकोले चिसोवाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर