आखिर के भनिन् साराले बुबा सैफलाई, छोरीको कुरा सुनेपछि सैफ भए रिसले आगो — OSNepal

आखिर के भनिन् साराले बुबा सैफलाई, छोरीको कुरा सुनेपछि सैफ भए रिसले आगो

LC (KTM) January 22, 2022 0

बलिउड अभिनेत्री सारा अली खान आफ्नो फिल्मका साथै व्यक्तिगत जीवनका कारण पनि चर्चामा रहन्छिन् । यतिबेला सारा वरुण धवनसँग आफ्नो आगामी फिल्म कुली नम्बर १ को प्रमोशनमा व्यस्त छिन् । फिल्मको प्रमोशनका लागि दुवैलाई धेरै ठाउँमा सँगै देखाइएको छ । सारा सोसल मिडियामा पनि निकै सक्रिय छिन् ।उनका तस्बिर दिनहुँ भाइरल भइरहेका छन् ।

सारा अली खानको एउटा पुरानो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो सारा आफ्ना बुबा सैफ अली खानसँग कफी विथ करणमा गएको बेलाको हो । करण जोहरले सारालाई सैफकी दोस्रो पत्नी करीना कपूरसँग सम्बन्धित केही रमाइला प्रश्न सोधे । त्यसपछि साराले आफू करीनालाई के भन्छिन् भन्ने खुलासा गरिन् ।सारा अली खानले करीना कपूरसँग साथीको बन्धनको रुपमा रहेको बताएकी थिईन् ।

यी दुई प्रायः एकअर्कासँग समय बिताउने र रमाइलो गरेको देखिन्छ। करण जोहरको शोमा सारा अली खानले करीनासँगको आफ्नो सम्बन्धको बारेमा कुरा गर्दै भनेकी थिइन्, करिनाले आफैंले दुबैले साथीको बन्धन बाँडिनुपर्ने बताएकी छिन् ।किनकी साराकी आमा अमृता सिंह छिन् । त्यसैले उनीहरूलाई अर्को आमाको आवश्यकता पर्दैन। यससँगै सैफ अली खानले सारालाई करीनाको साथी बन्न पनि आग्रह गरेका छन् । सैफ चाहँदैनन् कि साराले करीनालाई असहज महसुस गरून् ।

कुराकानीको क्रममा करण जोहरले सारा अली खानलाई सोधेका थिए कि सैफले उनलाई करिनालाई कान्छी आमा भनेर बोलाउन जबरजस्ती गरेका थिए ? यसको जवाफमा साराले करीनासँगको आफ्नो सम्बन्धलाई लिएर आफू आफैं पनि अन्योलमा रहेको बताइन् । उनले एकपटक सैफलाई पनि करीनालाई आन्टी भनेर बोलाउन सकिन्छ भनेर सोधिन् । तर सैफले उनको यो कुरालाई ठाडै अस्वीकार गरेका छन् ।

सैफले यस्तो गल्ती कदापि नगर्नू, करीनालाई आन्टी नभन्नु पर्ने बताए । सारा अली खानले करीनासँगको सम्बन्ध साथी जस्तै रहेको बताइन् । त्यसैले उनी करीनालाई आफ्नो नामले बोलाउँछिन् । उनी करिनालाई ‘के’ वा करिना मात्र भन्छिन् । सारा अली खानको करिनाका छोरा तैमुरसँग पनि राम्रो सम्बन्ध छ । दुवैजना एकअर्कासँग रमाइलो गरिरहेको देखिन्छ । साराले पनि हरेक रक्षाबन्धनमा भाइ इब्राहिमसँग तैमुरलाई राखी बाँधेकी छिन् । सारा र इब्राहिमले सैफ र करीनासँग हरेक चाडपर्व मनाउँछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर