सर्वदलीय बैठकबारे हामीलाई केही जानकारी आएको छैन भन्दै एमालेले निकाल्यो विज्ञप्ती — OSNepal

सर्वदलीय बैठकबारे हामीलाई केही जानकारी आएको छैन भन्दै एमालेले निकाल्यो विज्ञप्ती

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफुहरुलाई सर्वदलीय बैठकको विषयमा केहि पनि थाहा नभएको बताएको छ ।

आज शनिबार बिहान प्रधानमन्त्री शेरबादुर देउवाले बालुवाटार बिहान नौ बजे बस्ने गरी सर्वदलीय डाकिएको थियो ।

सोही विषयको बारेमा एमालेले आफुहरुलाई यस बैठकको विषयमा केहि थाहा नभएको भन्दै विज्ञप्तीनै जारी गरेको छ । तथापी बैठक भने बस्न सकेन ।

यस विषयमा आफ्नो पार्टीलाई थाहा नभएको भन्दै पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पार्टीको आफ्नो आधिकारिक फेशबुकमा उल्लेख गरेका छन् ।

‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले)लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं,’ बिज्ञप्तिमा भनिएको छ ।

यस अघि बस्दै आएको सर्वदलिय तथा अन्य बैठमा पनि एमालेले आफ्नो पार्टीले कारवाही गरेका माधव नेपाल समुह बैठकमा सहभागी भएसम्म आफ्नो पार्टीले कुनै पनि बैठकमा सहभागी नजनाउने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर