सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन, कसरी समाचार मिडियामा आयो ? : सरकारका प्रवक्ता कार्की — OSNepal

सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन, कसरी समाचार मिडियामा आयो ? : सरकारका प्रवक्ता कार्की

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कील प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक नबोलाएको स्पष्ट पारेका छन् ।

आज शनिबार बिहान नौ बजे देउवाले सर्वदलीय बैठक बोलाएको भन्ने सामाचार आएपछि प्रवक्त कार्कीले एक विज्ञप्ती ने निकालेर यस विषयमा स्पष्टिकरण दिएका हुन् ।

उनले भनेका छन्, ‘सर्वदलीय बैठक प्रधानमन्त्रीले बोलाउनुभएकै छैन । कसरी समाचार मिडियामा आयो ? ’ पाँच दलीय गठबन्धनबीच छलफल भइरहेको बताएका उनले सर्वदलीय बैठक नबोलाएको स्पष्ट पारेका हुन् ।

पाँच दलीय गठबन्धनबीच भने संसद खुलाउने तथा आउँदो स्थायी तहको निर्वाचनको विषयमा छलफल भएको जनाइएको छ ।

यस विषयमा एमालेले पनि आफुलाई केहि जानकारी नभएको भन्दै विज्ञप्ती नै निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर