दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु — OSNepal

दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

LC (KTM) January 22, 2022 0

सप्तरी, ८ माघ-कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ ।मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका- ७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिए । उनले भने, ´मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।’

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका- १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।योसंगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर