एमसीसीको विषयमा सुझाव दिन माओवादीले गठन गर्यो कार्यदल — OSNepal

एमसीसीको विषयमा सुझाव दिन माओवादीले गठन गर्यो कार्यदल

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । नेकपा माओवादी केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव दिन कार्यदल गठन गरेको छ ।

स्थायी कमिटीको बैठकमा एमसीसी पास गर्न नमिल्ने भन्दै चर्को विवाद र्सिजना भएपनि एमसीसीको विषयमा सुझाव दिन माओवादीले कार्यदल गठन गरेको हो ।

पार्टीका प्रवक्ता कृष्णबहादुर महराले दिएको जानकारी अनुसार कार्यदलको सुझावका आधारमा पार्टीले एमसीसीबारे निर्णय गर्ने बताएका छन् ।

उनले भने, ‘त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुझाव पर्खिने निर्णय भएको छ ।’

यसको साथै आज शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले तीन तहकै चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिने विषयमा पनि छलफल गरेको उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर