‘चर्चित गीत फोटो फिरिममा’ चाईल्ड भर्सन आउँदै — OSNepal

‘चर्चित गीत फोटो फिरिममा’ चाईल्ड भर्सन आउँदै

LC (KTM) January 22, 2022 0

चर्चित गीत ‘फोटो फिरिममा’ अब चाइल्ड भर्सनमा पनि आउने भएको छ । यस गीतका गीतकार तथा संगीतकार शिशिर भण्डारीले चाइल्ड भर्सन ल्याउने तयारी गरिरहेको जानकारी दिएका छन् । भिडियोको कन्सेप्ट तयार पारिसकेका शिशिरले अहिले गीतलाई सुहाउने स्वर भएको बाल प्रतिभा खोजिरहेका छन् । २२ महिनाअघि रचना रिमालको स्वरमा सार्वजनिक ‘फोटो फिरिममा’ गीतलाई स्रोता(दर्शकले निकै रुचाएका थिए । अहिलेकी लोकप्रिय गायिका रचनाको पहिलो चर्चित गीत पनि हो, ‘फोटो फिरिममा’ । यो गीत सार्वजनिक भएपछि उनलाई एकपछि अर्को गीत गाउने अवसर मिलेको थियो । रचनाको स्वरमा सार्वजनिक ‘फोटो फिरिममा’लाई युट्युबमा अहिलेसम्म १ करोड ४० लाख बढी पटक हेरिएको छ ।

त्यसपछि यो गीत गायक प्रताप दासको स्वरमा सार्वजनिक भयो । प्रतापको स्वरमा सार्वजनिक गीतलाई पनि निकै रुचाइयो । प्रतापको स्वरमा रहेको गीतलाई युट्युबमा झण्डै ८० लाख पटक हेरिएको छ । त्यसपछि शिशिरले ‘फोटो फिरिममा २( रुमाल चिनो छ’ सार्वजनिक गरिसकेका छन् । शिशिरले ‘फोटो फिरिममा’ शुरुमा रचना रिमालले गाउनुअघि सामाजिक सञ्जालमा सुझाव मागेका थिए । फेसबुकमा गरिएको कमेन्टका आधारमा रचनाले उक्त गीत गाउने अवसर पाएकी थिइन् । अहिले उनले फेसबुकमा एक स्टाटस लेखे, ‘फोटो फिरिममा चाइल्ड भर्सनमा’ भनेर । जसमा अधिकांशले बाल गायिका पूजा देवकोटाको नाम सिफारिस गरेका छन् । कतिले ‘द भ्वाइस किड्स’का फाइनल प्रतिस्पर्धी सुप्रिम मल्लको नाम समेत सिफारिस गरेका छन् । शिशिरको यो भिडियोमा गएर कमेन्ट गर्नुहोला, फोटो फिरिममा गीत कस्ले गाउँदा उपयुक्त होला रु भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर