नेपाली क्रिकेटरको आईपीएल मोह , अक्सनका लागि १५ नेपाली खेलाडीहरुद्धारा नाम दर्ता — OSNepal

नेपाली क्रिकेटरको आईपीएल मोह , अक्सनका लागि १५ नेपाली खेलाडीहरुद्धारा नाम दर्ता

LC (KTM) January 22, 2022 0

क्रिकेटको ठुलो प्रतियोगिता मानिदै आएको इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा नेपाली खेलाडीहरुको मोह बढेको छ । आइपीएलको अक्सनका लागि नेपालका १५ खेलाडीले नाम दर्ता गराएका छन् ।आईपीएलले शनिबार सार्वजनिक गरेको अक्सनमा सहभागी खेलाडीको सूचीमा नेपालका १५ खेलाडीले दर्ता गरेको जनाएको छ ।

यसरी अक्सनमा नाम दर्ता गर्ने खेलाडीहरुमा आसिफ शेख, पवन सर्राफ, सन्दीप जोरा, कुशल भुर्तेल, रोहित पौडेल, सुशन भारी,आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, शरद भेषवाकर, कुशल मल्ल, करण केसी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने रहेका छन् । नेपालका कप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् । नयाँ सिजनको आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् ।

जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन् । एसोसियट राष्ट्रबाट कुल ४१ खेलाडीले नाम दर्ता गराउदा नेपालबाट १५ खेलाडीले दर्ता गराएका हुन् । नेपालपछि अमेरिकाका १४ खेलाडीले नाम दर्ता गरेका छन् ।यस्तै भुटानबाट एक खेलाडीले नाम दर्ता गरेका छन् ।अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ । आगामी संस्करणमा १० टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर