आईपीएल टी ट्वान्टी क्रिकेटको नयाँ संस्करण मार्च २७ बाट सुरु हुदै — OSNepal

आईपीएल टी ट्वान्टी क्रिकेटको नयाँ संस्करण मार्च २७ बाट सुरु हुदै

LC (KTM) January 22, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटको नयाँ संस्करण सुरु हुने भएपछि क्रिकेट प्रेमीहरुमा एक किसिमको रौनक देखिएको छ । नयाँ संस्करण मार्च अन्तिम साताबाट आयोजना हुने भएको छ । यसको जानकारी क्रिकेट सम्बन्धि वेबसाइट क्रिकइन्फोले दिएको छ । उक्त साइटमा आईपीएलको नयाँ संस्करण मार्च २७ बाट सुरु गर्ने तयारी भएको जनाइएको छ ।

प्रतियोगिता मे अन्तिमसम्म चल्नेछ ।तर, भारतीय क्रिकेट बोर्डले भने औपचारिक रुपमा मिति घोषणा गरेको छैन ।नयाँ संस्करणको आईपीएलमा १० टोलीको सहभागिता हुनेछ । यस अघि ८ टोलीले खेल्दै आएका थिए ।नयाँ संस्करणको मेगा अक्सन फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।

आईपीएलका लागि अक्सनमा कुल १ हजार २ सय १४ खेलाडी सामेल हुनेछन् । जसमा ८ सय ९६ भारतका र ३ सय १८ खेलाडी विदेशी रहेका छन् । नेपालका १५ खेलाडीले अक्सनमा नाम दर्ता गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर