सरोगेसी माध्यमबाट छोरालाई जन्म दिइन अभिनेत्री प्रियंका चोपडाले — OSNepal

सरोगेसी माध्यमबाट छोरालाई जन्म दिइन अभिनेत्री प्रियंका चोपडाले

LC (KTM) January 23, 2022 0

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले सरोगेसी मार्फत छोरालाई स्वागत गरेका छन् । यो खुसीको खबर यो जोडीले सामाजिक संजाल मार्फत सेयर गरेका हुन् । प्रियंका चोपडाले यो जानकारी दिएपछि मात्र फ्यानले उनलाई बधाई दिन थाले । यद्यपी दुबैले छोरा छोरी रहेको बताएनन् ।

प्रियंका चोपडा र निक जोनसले आफ्नो इन्स्टाग्राम खातामा उस्तै पोस्ट सेयर गरेका छन्। यस पोस्टमा लेखिएको छ, ‘हामीले सरोगेट मार्फत बच्चालाई स्वागत गरेको कुरा पुष्टि गर्न पाउँदा धेरै खुसी छौं। हामी सम्मानपूर्वक यस विशेष समयमा गोपनीयता अनुरोध गर्दछौं ताकि हामी हाम्रो परिवारमा ध्यान केन्द्रित गर्न सकौं। मुरी मुरी धन्यवाद ।

फ्यानसँगै लारा दत्त, हुमा कुरेशी, पूजा हेगडेलगायत सबै बलिउड सेलिब्रेटीले अभिनेत्रीको पोस्टलाई बधाई दिएका छन् । प्रियंका चोपडा र निक जोनसले सन् २०१८ मा विवाह गरेका थिए । राजस्थानको जोधपुरस्थित उम्मेद भवन प्यालेसमा हिन्दू र क्रिस्चियन रितिरिवाज अनुसार दुवैको विवाह भएको हो । हालै दुवैले आफ्नो तेस्रो विवाहको वार्षिकोत्सव मनाएका छन् ।हालै प्रियंका चोपडाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पति निक जोनसको उपनाम हटाएकी थिइन् । यसपछि दुवैको अलगावको खबर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर