यो संविधानले गर्दा हाम्रा सांसद ,कार्यकर्ता तथा मेयरहरु जेलमा छन् : महन्थ ठाकुर — OSNepal

यो संविधानले गर्दा हाम्रा सांसद ,कार्यकर्ता तथा मेयरहरु जेलमा छन् : महन्थ ठाकुर

LC (KTM) May 10, 2021 0

काठमाडौँ २७ बैशाख । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो माग पुरा नभए सम्म आफु तटस्थ बन्ने बताएका छन् । आज संसदमा बोल्दै ठाकुरले आफु पक्ष या विपक्ष दुवैमा नभएको भन्दै जारी संविधानले गर्दा आफ्ना नेता तथा कार्यकर्ता जेलमा रहेको गुनासो समेत गरेका छन् ।

अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको उनले बताए । ‘प्रदेशका सांसद तारिखमा छन् । मेयरहरु तारिखमा छन् । सयौं कार्यकर्ता जेलमा छन् । यो संविधानले गर्दा’, उनले भने । आफ्नो पार्टी राजनिति रुपमा पिडित भएकाले जातीय, क्षेत्रीय र लैंगिक आधारमा विभेद कायमै भएको अवस्थामा अहिले आफुहरु तटस्थ बस्न चाहेको बताए ।

आफ्नो सांसद जेलमा भएकाले आफु आफ्नो सांसदलाई संसदमा देख्न चाहेको गुनासो पोखेका ठाकुरले भने, ‘दुई वर्षसम्म अविश्वासको प्रस्ताव त ल्याउन पाइन्‍न । अल्पमतमा परे भने । बजेट बनाउन सकिन्छ त ? गम्भीर त्रुटिहरु संविधानमा छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर