आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित : कमल थापा — OSNepal

आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित : कमल थापा

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व अध्यक्ष नेता कमल थापाले निवार्चन आयोग राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट ‘गाई’हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित भएको बताएका छन् । नेता थापाले सामाजिक सञ्जाल मार्फत यस्तो जनाएका हुन् ।

विगतको यस्तै निर्णय संघर्षबाट आफुहरुले उल्टाएको बताएका उनले माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छरु भन्दै पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई प्रश्न गरेका छन् ।

आयोगले उक्त निर्देशन माघ २ गते दिएको भएपनि पार्टी नेतृत्वले लुकाएको उनको ठहर रहेको छ ।

निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट ‘गाई’हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।

विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ/

उनले भनेका छन्, निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट ‘गाई’हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २ गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर