सर्प देखाएर स्थानियसँग यसरी पैसा माग्दै हिड्छन् बञ्जारा जातिका महिला, सर्प देखाएर आउने पैसाले गर्छन परिवारको खर्च — OSNepal

सर्प देखाएर स्थानियसँग यसरी पैसा माग्दै हिड्छन् बञ्जारा जातिका महिला, सर्प देखाएर आउने पैसाले गर्छन परिवारको खर्च

LC (KTM) January 23, 2022 0

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् ।

सेवा प्रभावित-बडिकेदार गाउँपालिकाका कर्मचारी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालिकाको सेवा प्रभावित भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनीहरुमा सङ्क्रमण पुष्टि भएको स्वास्थ शाखाले जनाएको छ ।

पालिकाका कर्मचारी र स्वास्थ्य शाखाका कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि दुवैतर्फका सेवा प्रभावित बनेका छन् । अहिले अत्यावश्यकबाहेकका अन्य सेवा बन्द गरिएको पालिकाले जनाएको छ । कामका लागि भारत गएका नागरिक धमाधम घर फर्किरहेका कारण ती व्यक्तिबाट बढीजसो कोरोना जोखिम बढ्न थालेको जनाइएको छ । स्वदेश फर्किएकाहरूलाइ अनिवार्य कोरोना परीक्षण गर्न पालिकाले आग्रह गरेको छ । जिल्लामा हाल नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर