विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन : बाँस्कोटा — OSNepal

विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन : बाँस्कोटा

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेकपा एमालेका नेता तथा पुर्व मन्त्री गोकुल बाँस्कोटाले सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई भएको भन्दै टिप्पणी गरेका छन् ।

उनले जनता समाजावादी पार्टी जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् जसपाकी मन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्की दिएपछि यस विषयमा चौतर्फी आलोचना भएको छ ।

नेता बाँस्कोटाले सामाजिक सञ्जाल मार्फत विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन भन्दै रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक नभएको बताएका छन् ।

‘हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने,चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।’ उनले भनेका छन् ।

‘अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन।रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन।’ उनले अघि भनेका छन्, ‘विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।’

नेता बास्ँकोटाको ट्वीट : अझ थप्छु-सामाजिक फासीवादी भट्टराई र फासीवादी हिट्लर दाजुभाई हुन।रेनुको राजीनामा रोक्न सार्वजनिक धम्कि दिनु आवस्यक छैन।विदेशी एजेण्डा बोक्ने भट्टराई उफ्रेर एमालेको केहि हल्लदैन।

हारजंगमा आठजना नागरिकलाई घरभित्रै थुनेर जिउदै जलाएर मार्ने,चितवनमा चार बर्षिया वालिका काजोल खातुनलाई बसभित्रै जलाएर मार्ने हत्याराले वारम्वार एमालेलाई हिटलरसंग जोड्न खोज्नुको अर्थ के हो ? हिट्लरको ग्यास च्याम्बर र भट्टराईको हारजंग च्याम्बरमा कुनै भिन्नता छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर