आयोगले विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक हो : अध्यक्ष लिङदेन — OSNepal

आयोगले विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र हटाउन भन्नु गैरसंवैधानिक हो : अध्यक्ष लिङदेन

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले निवार्चन आयोगले राप्रपाको विधानबाट राजसंस्था र सनातन हिन्दू राष्ट्र भन्ने शव्द हटाउनु भन्नु गैरसंवैधानिक भएको बताएका छन् ।

अध्यक्ष लिङदेनले आयोग नै संविधानको मर्म र भावना विपरीत गएकोले त्यसको जवाफ आफुहरुले लेखेर आयोगलाई पठाउने समेत उनले स्पष्ट पारेका छन् । आयोगको यस विषयमा छलफल गर्न अध्यक्ष लिङदेनले आज आइतबार दिउँसो १ बजे पार्टी कार्यालय पदाधिकारी बैठक बोलाएका छन् ।

यसैगरी, आयोगलको यो निणर्य प्रति पार्टीका पुर्व अध्यक्ष कमल थापाले समेत अशन्तुष्ट जनाएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट ‘गाई’हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २ गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ ?’

संविधानमा सशस्त्र गतिविधि गर्ने राजनीतिक दल खोल्ने बाहेक वैचारिक आधारमा कुनै पनि दलहरुलाई प्रतिबन्ध लगाइने छैन भन्ने व्यवस्था भएकाले आयोगले यो निणर्य संविधान विपरित भएको अध्यक्ष लिङदेनको ठहर छ ।

आयोगले माओवादी केन्द्रलाई पनि विधानमा रहेको ‘वर्ग संघर्ष’, ‘साम्यवाद’ लगायतका शब्द हटाउन निर्देशन दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर