‘कुटुमा कुटु' गीत बन्यो १५ करोड पटक हेरिने पहिलो नेपाली गीत — OSNepal

‘कुटुमा कुटु’ गीत बन्यो १५ करोड पटक हेरिने पहिलो नेपाली गीत

LC (KTM) June 02, 2021 0

काठमाडौं -कुटुमा कुटु’ बोलको गीतले भ्यूजको रफ्तारलाई छाडेको छैन ।सन् २०१७ को मे २८ मा रिलिज भएको यो गीतलाई १५ करोड पटक हेरिएको छ । जुन गीत १५ करोड पटक हेरिने पहिलो नेपाली गीत बन्न सफल भएको छ । चलचित्र ‘२ रुपैयाँ’मा समावेश यो गीतलाई युटुबमा १५ करोड पटक हेरिएको हो । । यो गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ ।

गीतमा राजनराज, राजन इशान र मेलिना राइले स्वर भरेका छन् । यो गीत आज पनि विभिन्न कार्यक्रमदेखि टिकटकमा लोकप्रिय छ । गीतको भिडियोमा नायिका स्वस्तिमा खड्काको नृत्य हेर्न सकिन्छ । उनको साथमा गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार निश्चल बस्नेत र असिफ शाहको नृत्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर