डिभोर्सपछि एकै होटलमा भेटिए धनुष र ऐश्वर्या, कारण यस्तो पो रहेछ ! — OSNepal

डिभोर्सपछि एकै होटलमा भेटिए धनुष र ऐश्वर्या, कारण यस्तो पो रहेछ !

LC (KTM) January 23, 2022 0

काठमाडौं, ९ माघ-साउथ स्टार धनुष र उनकी पत्नी ऐश्वर्या रजनीकान्त हाल अलग्गिएको घोषणाले चर्चामा छन् । उनीहरूले सामाजिक सञ्जालबाट आफूहरू आधिकारिक रूपमा अलग्गिएको घोषणा गरे पनि सर्वसाधारणको नजर उनीहरूबाट हटेको छैन ।केही समयअघि अलग्गिएका यो जोडी हालैमात्र हैदरावादको एक होटलमा सँगै भेटिएका छन् । उनीहरू आफ्नो कामको सिलसिलामा त्यो होटलमा बसेका हुन् ।

यो जोडी हैदराबादको रामोजी फिल्म स्टुडियोमा रहेको सितारा होटलमा बसेका छन् । रामोजी हैदरावादको सबैभन्दा ठूलो फिल्म सिटी हो । धनुष त्यहाँ आफ्नो कुनै फिल्मको कामको सिलसिलामा होटलमा बसेका छन् । रामोजी स्टुडियोमा सुटिङ हुने अधिकांश फिल्म तथा टेलिफिल्मका कलाकार यही होटलमा बस्ने गर्दछन् ।

ऐश्वर्या भने आउँदो भ्यालेन्टाइनको मौका पारेर सार्वजनिक गर्न लागेको नयाँ गीतको सुटिङ गर्न उक्त होटलमा बसेकी छन् । उनको यो प्रोजेक्ट २५ जनवरीदेखि २७ जनवरीसम्म सुट हुनेछ ।

साउथ सुपरस्टार रजनीकान्तका छोरीज्वाइँ यो जोडीले गत जनवरी १७ मा अलग्गिने निर्णय लिएका थिए । तर के कारणले अलग्गिए भन्ने अहिलेसम्म कारण खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर