एमाले अध्यक्ष ओली सहित पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण — OSNepal

एमाले अध्यक्ष ओली सहित पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण

LC (KTM) January 23, 2022 0

काठमाडौं, ९ माघ-एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाभाइरस संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो ।

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर