गुडिरहेको जीपमा माथिबाट ढुंगा खस्दा एकै घरका १० वर्षीय युसब र ७ वर्षीया युनिसा सहित तिन जनाको मृत्यु — OSNepal

गुडिरहेको जीपमा माथिबाट ढुंगा खस्दा एकै घरका १० वर्षीय युसब र ७ वर्षीया युनिसा सहित तिन जनाको मृत्यु

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । गुडिरहेको जीपमा माथिबाट ढुंगा खस्दा तीन जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् ।

ओखलढुंगाको मानेभञ्ज्याङ–१ मोलीबाट सदरमुकाम जाँदै गरेको को १ ज ३५६९ नम्बरको जिपमा माथिबाट खसेको ढुंगा खस्दा तिन जनाको मृत्यु भएको हो ।

मुत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का १० वर्षीय युसब कोइराला , ७ वर्षीया युनिसा कोइराला र मानेभञ्ज्याङ–१ का ३० वर्षीय हेमबहादुर मगर रहेका छन् ।

मृत्यु हुनेमा दुई बालबालिका भने एकै घरका रहेका प्रहरीले जनाएको छ । घाइते हुनेमा जीप चालक सञ्जिव श्रेष्ठ र देवबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरुको अवस्थामा पनि गम्रिभर भएकाले थप उपचारको लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

६ जना सवार उत्रः जीपका घाइते अर्का एक जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर