स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्न खोज्यो : एमाले — OSNepal

स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्न खोज्यो : एमाले

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेकपा एमालेले वैशाखमा हुने स्थानीय तहको निर्वाचन पछाडि सार्न नहुने बताएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज आइतबार एक विज्ञप्ती जारी गर्दै गठवन्धन सरकारलाई यस विषयमा ध्यानाकषर्ण गराएका हुन् ।

‘हाम्रो स्पष्ट अडान छ– यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन विज्ञप्तीमा उल्लेख गरिएको छ । यता गठवन्धन दलहश्र भने स्थानीय तहको निर्वाचन कातिकमा गर्ने भन्दै आइरहेका छन् ।

‘विधानको एउटा धारालाई अरु धाराबाट अलग गरेर अप्रासंगिक रुपले उल्लेख गर्दै स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने नियतले गठबन्धन सरकार लोकतन्त्रको मर्ममाथि प्रहार गर्न उद्दत् देखिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

निवार्चन आयोगले आगामी वैशाख १४ र २२ गते स्थानीय तहको निर्वाचन गर्न भन्दै सरकारको ध्यानाकषर्ण गराइसकेको छ ।

सत्ता गठबन्धनका नेताहरुले संविधानको धारा २२५ को भ्रमपूर्ण व्याख्या गरेर निर्वाचन पछि धकेल्न र लोकतन्त्रको मर्ममाथि प्रहार गर्न खोजेको विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर