अन्तर्राष्ट्रिय उडानका ३६ यात्रुमा कोभिड देखिएपछि लकडाउन घोषणा — OSNepal

अन्तर्राष्ट्रिय उडानका ३६ यात्रुमा कोभिड देखिएपछि लकडाउन घोषणा

LC (KTM) January 23, 2022 0

किरीबाटी, ९ माघ-टापु राष्ट्र किरीबाटीमा महामारी सुरु भएपछि पहिलो पटक लकडाउन घोषणा गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुमा कोभिड देखिएपछि लकडाउन घोषणा गरिएको हो । फिजीबाट किरीकबाटीका लागि उडेको विमानका ३६ यात्रुमा कोभिड देखिएको थियो ।

यसअघि चार जनामा भाइरस देखिएको थियो । गत साता मात्र किरीबाटीमा दुई जनामा कोभिड देखिएको थियो ।किरीबाटी विश्वकै सबैभन्दा एक्लो टापुमध्यको एक हो । किरीबाट नजिकको महादेश अस्ट्रेलियासम्मको दूरी चार हजार ८०० किलोमिटर टाढा छ । सन् २०२० को जनगणना अनुसार यहाँको जनसंख्या १ लाख १९ हजार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर