सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद र विदेभकारी कदम : अध्यक्ष ओली — OSNepal

सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद र विदेभकारी कदम : अध्यक्ष ओली

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठवन्धन सरकार असफल भएको भन्दै १५ बुँदे लामो विज्ञप्ती जारी गरेका छन् ।

वर्तमान सरकार कोरोनाको तेस्रो लहर आउँदा गैरजिम्मेवार बनेको भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा सम्बोधन गरेको दुई पछि उक्त सम्बोधन प्रति असहमति जनाउँदै विज्ञप्ती जारी गरेका हुन् ।

सरकारले ल्याएका लोकप्रिय कार्यक्रमलाई वर्तमान सरकारले विस्थापन गरी नयाँ कार्यक्रम घोषणा गरे पनि सबै असफल बनेको ओलीको दावी रहेको छ ।

कोरोनाको तेस्रो लहरले जनजीवन आक्रान्त पार्दा समेत सरकार गैरजिम्मेवार बनेको आरोप लगाएका उनले २४ लाखभन्दा बढी खोप खोइ भन्दै प्रश्न गरेका छन् । ‘

कहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ? ‘अरु त अरु खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोल समते उपलब्ध गराउन नसक्नुले सरकार कति गैर जिम्मेवार छ भन्ने प्रष्ट हुन्छ ।’ विज्ञप्तीमा भनिएको छ ।

विज्ञप्ती मार्फत ओलीले वर्तमान सरकारले गरेको बजेट कटौती प्रति अशन्तुष्ट व्यक्त गर्दै भनेका छन्, ‘आफ्नो नेतृत्वको अघिल्लो सरकारले ३९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण अघि बढाएको र, त्यसका लागि ६ अर्ब १५ करोड बजेट विनियोजन गरेकोमा अहिलेको सरकारले १ अर्ब ५० करोड कटौती गरेको छ ।’

सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य गर्नु हास्यास्पद र विदेभकारी कदम भएको बताएका उनले विज्ञप्तीमा भनेका छन्, ‘तुलनात्मक रुपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रमा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोपकार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर