५७ लाखको सिंचाइ कूलाेमा तीन तहका सरकार र दातृ निकायकाे लगानी — OSNepal

५७ लाखको सिंचाइ कूलाेमा तीन तहका सरकार र दातृ निकायकाे लगानी

LC (KTM) January 23, 2022 0

उदयपुर, ९ माघ-उदयपुरको चौदण्डीगढीमा कृषकका समस्यालाई समाधान गर्न ५७ लाखको कूलो सिंचाइको शिलान्यास भएको छ । चौदण्डीगढी नगरपालिका–४ बसाहास्थित तीन दोभानने मुनी पहरेखोला जलस्रोत कूलो सिंचाइको शिलान्यास मेयर खगेन्द्र राईले गरेका हुन् ।नगरपालिका, प्रदेश सरकार र संघ सरकारको २०/२० प्रतिशतको दरले ३४ लाख ५० हजार ४ सय ८६ र बाँकी बजेट ३० प्रतिशत अर्थात् २२ लाख ९९ हजार ८ सय ३८ रुपैयाँ साना सिंचाई कार्यक्रम अन्तर्गत स्वीज सरकारको लगानी गरेकाे हाे ।

सो बजेटमध्ये १० प्रतिशत स्थानीय जनसहभागिता रहनेगरी कुल ५७ लाख ५० हजारको लागतमा पक्की कुलो निर्माण हुन लागेको हो । बसाहा क्षेत्रकै सबैभन्दा पुरानो कूलोको रुपमा चिनिएको उक्त सिंचाइ कूलोको लम्बाई १९ सय मिटरमध्ये १३ सय मटिरमात्र पक्की ढलान हुने छ भने ६ सय मिटर कुलोको स्तरोन्नति गरिने छ ।

४० सेन्टिमिटर उचाइ रहने कुलोको चौडाई ५० सेन्टिमिटर रहने इञ्जिनियर सन्तोष शाहले जानकारी दिए । मेयर राईले ६५ प्रतिशत नागरिक कृषिमा आश्रित रहेको बताए । कृषि पेशालाई सम्मान गर्न हिच्किचाएको हाम्रो नेपाली समाज भविष्यको लागि चिन्ताजनक रहेको उनको धारणा थियो ।तीनदोभाने पहरेखोलाको मुहान थापिएको खोला बाह्रैमास पानी बगिरहने खोला हो । उक्त कुलोले बसाहाका १ सय ७० घरपरिवार लाभान्वित हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर