तेह्रथुममा तपाइको मास्क खै ? कार्यक्रम प्रभावकारी हुँदै — OSNepal

तेह्रथुममा तपाइको मास्क खै ? कार्यक्रम प्रभावकारी हुँदै

LC (KTM) January 23, 2022 0

तेह्रथुम, ९ माघ- कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिरेहेका बेला तेह्रथुममा मास्क खै अभियान प्रभावकारी हुँदै गएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिले मास्क नलगाउनले सर्वसाधारणलाई एक सय जरिवाना लिँदै अभियान संचालन गरेकाे हाे ।

बजार क्षेत्रमा मास्किवना हिँडडुल गर्ने नागरिकलाई सचेत गराउँदै अटेर गर्नेलाई एक सय रुपैयाँ कारवाही स्वरुप लिन थालेपछि कार्यक्रम प्रभावकारी बनेकोे जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरीनिरीक्षक कोमल ठाकुरले बताए । जिल्ला सदरमुकाम म्याङलुङ तथा जिरी, लसुने र वसन्तपुर बजार क्षेत्रमा सचेतना कार्यक्रमलाई बेवास्ता र अटेर गर्नेलाई कारवाही गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बजार क्षेत्रमा सचेतनालाई अटेर गरी हिड्ने एक सय ३० जनालाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिपछि १४ माघसम्म अत्यावश्यकबाहेकका काम स्थगन गरेको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ । जिल्लाको लालीगुराँस नगरपालिकामा पनि कर्मचारीहरूमा संक्रमण देखिपछि यही १३ माघसम्म अत्यावश्यक बाहेकका काम बन्द गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर