डोजरले माथिबाट लडाएको ढुंगा जीपमाथि खस्दा तीन जनाको घटनाथलमै ज्यान गयो — OSNepal

डोजरले माथिबाट लडाएको ढुंगा जीपमाथि खस्दा तीन जनाको घटनाथलमै ज्यान गयो

LC (KTM) January 23, 2022 0

ओखलढुंगा, ९ माघ-गुडिरहेको बोलेरो जीपलाई माथिबाट झरेको ढुंगाले किच्दा तीन जनाको घटनाथलमै मृत्यु भएको छ । सडक निर्माण गर्दै गरेको डोजरले माथिबाट लडाएको ढुंगाले किच्दा ३५६९ नम्बरको बोलेरोमा सवार तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका–१ का ७ वर्षिया युनिषा कोइराला, सोही ठाउँका १० वर्षिय इशव कोइराला र मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीका ३० वर्षिय हेमबहादुर मगर रहेको प्रहरी निरीक्षक लङ्क श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार जीपमा सवार देवबहादुर श्रेष्ठ, सञ्जीव श्रेष्ठ, लक्ष्मी कोइराला घाइते भएका छन् । तस्वीर ः पूर्णप्रसाद न्यौपाने, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर