राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज मध्यरातिबाट मौन अवधि सुरु, यो अवधिमा कुन कुन काम गर्न पाइँदैन ? — OSNepal

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज मध्यरातिबाट मौन अवधि सुरु, यो अवधिमा कुन कुन काम गर्न पाइँदैन ?

LC (KTM) January 23, 2022 0

काठमाडौँ ९ माघ। यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि आज आइतबार राति १२ बजेबाट मौन अवधि सुरु हुने भएको छ । आइतबार निर्वाचन आयोगले एक सुचना जारी गर्दै मौन अवधिको जानकारी गराएको हो ।

मौन अवधिभर निर्वाचनको प्रचार प्रसार गर्न र मत माग्न पाइने छैन । मौन अवधि शुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्ने, एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने आयोगले जानकारी दिएको छ ।

साथे मौन अवधि सुरु भएपछि उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पनि आयोगले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर