गठवन्धन सरकार स्थानीय तहको निवार्चन धकेल्न अघि सर्दा ओलीले दिए यस्तो कडा चुनौती, के वैशाखमा हुन्छ त निर्वाचन ? — OSNepal

गठवन्धन सरकार स्थानीय तहको निवार्चन धकेल्न अघि सर्दा ओलीले दिए यस्तो कडा चुनौती, के वैशाखमा हुन्छ त निर्वाचन ?

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । गठवन्धन सरकारले स्थानीय तहको निर्वाचन पछि धकेल्ने भन्दै गर्दा नेकपा एमालेले भने जुनसुकै बेलामा निर्वाचन भए पनि आफुहर सामना गर्न तयार भएको भन्दै चुनौती दिएको छ ।

एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार एक विज्ञप्ती जारी गर्दे गठवन्धन सरकारलाई चुनौती दिएका हुन् । आफ्नो पार्टी एक वर्ष देखि नै ताजा जनादेशको पक्षममा भएकाले निर्वाचनको सामाना गर्न तयार भएको उनले बताएका छन् ।

‘हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको र आज पनि हामी यो मान्यतामा अडिग छौं। हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पछिल्लो समय गठवन्धन दलका केहि नेताहरुले बैशाखमा प्रतिनिधि सभाको चुनाव गरी कात्तिकमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि ओलीले आज यस्तो विज्ञप्ती निकालेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर