संगीतकार नागेन्द्र श्रेष्ठ र रचनाको सहकार्यमा तयार भयो 'उड्ने रहर'को भिडियो — OSNepal

संगीतकार नागेन्द्र श्रेष्ठ र रचनाको सहकार्यमा तयार भयो ‘उड्ने रहर’को भिडियो

LC (KTM) January 23, 2022 0

काठमाडौँ । बहुचर्चित गायिका रचना रिमालको स्वर रहेको ‘उड्ने रहर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका रचनाकै अभिनय रहेको भिडियो रिलिज गरिएको छोटो समयमा नै निकै चर्चाको केन्द्रबिन्दुमा रहेको छ ।

बरिष्ठ गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको संगीत, बरिष्ठ गीतकार किरण पल्पसाको रचना र राहुल प्रधानको एरेन्ज रहेको गीतले रिलिज गरिएको छोटो समयमा नै कैयौँ संगीतप्रेमी नेपालीहरुले सकारात्मक प्रतिक्रिया दिएको संगीतकार श्रेष्ठले बताए ।

अमेरिकामा रहेर पनि व्यस्त दैनिकीका बाबजुत नेपाली गीत संगीत र साहित्यमा निरन्तर लागिपरेकी गीतकार पल्पसा यो गीतबाट निकै आशावादी छिन् ।

‘उड्ने रहर त के भो र आकाश नै भुईमा खसेपछि’ जस्ता मर्मस्पर्शी शब्दहरुमा गायिका रिमाल बगेर सलल पोखेका भावहरुलाई भिडियोमा कैद गरिएको छ ।

मिराज अर्यालको निर्देशन रहेको भिडियोको छायांकन र सम्पादन पनि निर्देशक अर्यालले नै गरेका हुन् । भिडियो गायिका रिमालकै अफिसियल युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर