निर्वाचन आयोगको पत्र संविधान र भावना विपरीत भएको राप्रपाको निष्कर्ष , यस विषयमा कानुनी र राजनीतिक उपचार खोज्ने निणर्य — OSNepal

निर्वाचन आयोगको पत्र संविधान र भावना विपरीत भएको राप्रपाको निष्कर्ष , यस विषयमा कानुनी र राजनीतिक उपचार खोज्ने निणर्य

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राप्रपाले निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली हटाउन दिएको निर्देशन संविधान विपरित भएको निष्कर्ष निकालेको छ ।

आज आइतबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा बसेको बैठकमा आयोगको पत्र संविधान र भावना विपरीत भएको निष्कर्ष निकालेको हो ।

गत माघ २ गते आयोगले पत्र काटेर राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्र शब्दावली हटाउन भनेको थियो । साथै झण्डामा गाई समेत नराख्न निर्दैशन दिएको थियो । पदाधिकारीको बैठकपछि राप्रपाले एक विज्ञप्ती जारी गर्दै यस्तो निष्र्ष निकालेको हो ।

विज्ञप्तीमा उल्लेख गरिएको छ , निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाइ नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ अनुकुल हुने गरी उल्लेख गर्नुहुन भनि पठाएको पत्र नेपालको संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर छ ।’

आयोगले पठाएको पत्रको विषयमा कानुनी र राजनीतिक उपचार खोज्ने समेत राप्रपाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर