जन्मकैद सुनाइएका ३५ वर्षीय शाहले ल्याए परिक्षामा सबैभन्दा उत्कृष्ट अंक र पाए छात्रवृत्ति — OSNepal

जन्मकैद सुनाइएका ३५ वर्षीय शाहले ल्याए परिक्षामा सबैभन्दा उत्कृष्ट अंक र पाए छात्रवृत्ति

LC (KTM) January 23, 2022 0

एजेन्सी ९ माघ । जन्मकैद सुनाइएका ३५ वर्षीय पुरुषले माध्यमिक शिक्षाको परीक्षामा सबैभन्दा धेरै अंक ल्याएर सबैलाई चकित बनाएका छन् ।

सानो हुँदा परिवारको आर्थिक अवस्थाका कारण पढ्न नपाएको बताएका उनले कारागारमा अन्य कैदीहरू पनि पढिरहेको र उनीहरुले नै आफूलाई परीक्षा दिनका प्रेरित र सहयोग गरेको रोयटर्ससँगको अन्तरवार्तामा उनले भनेका छन् ।

पाकिस्तानको कराँचीको कारागारमा रहेका ३५ वर्षीय सयेद नइम शाहले निजी विद्यार्थीहरुमध्ये सबैभन्दा धेरै अंक ल्याउँदै इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ पाकिस्तानबाट थप शिक्षाका लागि छात्रवृत्ति प्राप्त गरेका हुन् ।

छात्रवृत्ति स्वरुप उनले १० लाख पाकिस्तानी रुपैयाँ पाएको बताइएको छ । शाहले छात्रवृत्ति पाए पनिअझै प्रवेशिका परीक्षा भने पास गर्नुपर्ने इन्स्टिच्युटका अधिकारीले जनाएका छन् । कारागारका डेपुटी सुपरिटेन्डेन्ट सइद सुमरोले कारागारका १२ सय कैदी हाल पढिरहेको बताएका छन् ।

पाकिस्तानमा जन्मकैदको अवधि २५ वर्ष भएपनि सुनुवाइमा बिताएको समय, पढाइमा हासिल गरेको उपलब्धि, राम्रो आचरण र रक्तदानको अंकको कारणले गर्दा शाह अब आगामी ६ वर्षमा रिहा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर