सुर्नया नदीमा २५ वर्षीय युवकको शव फेला — OSNepal

सुर्नया नदीमा २५ वर्षीय युवकको शव फेला

LC (KTM) January 23, 2022 0

बैतडी, ९ माघ – जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिनुभयो । प्रहरी टोली घटनास्थलमा गएको छ । शव पहिचानको काम तथा घटनाबारे अनुसन्धान थालिएको धामीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर