अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण नभएको पुष्टि, अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह — OSNepal

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण नभएको पुष्टि, अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा आग्रह

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण नभएको पुष्टि भएको छ । पार्टीका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीकी श्रीमती शाक्यलाई संक्रमण पुष्टि नभएको जानकारी दिएका हुन् ।

पार्टीको आधिकारीक पेज मार्फत उनले जानकारी गराएका हुन् । उनले लेखेका छन् , हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं ।

विष्णु रिजाल
उपप्रमुख, केन्द्रीय प्रचार विभाग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर