बेरोजगार भए ‘सीआइडी’का शिवाजी — OSNepal

बेरोजगार भए ‘सीआइडी’का शिवाजी

LC (KTM) January 23, 2022 0

काठमाडौं – टेलिभिजन तथा फिल्म उद्योगमा केही यस्ता कलाकार छन्, जसले निभाएको एउटै भूमिकाले उनीहरुको करियरभरि लोकप्रियता पाइरहन्छन् । बलिउडका दिग्गज अभिनेता शिवाजी साटम अहिले यसकै उदाहरण बनेका छन् ।

उनले आफ्नो करियरको दौरान कैयौं सुपरहिट फिल्म दिए, तर उनले लोकप्रियता भने सोनी टीभीको ‘सीआइडी’बाट पाए । यो शो करिब २० वर्षसम्म चल्यो र यसका सबै चरित्र दर्शकमाझ प्रिय भए । ‘सीआइडी’मा एसपी प्रद्युम्नको भूमिकामा अभिनय गर्ने शिवाजी यतिबेला भने बेरोजगार छन् । उनी कामको खोजी गरिरहेका छन् ।

‘म यो भन्न सक्दिनँ कि मलाई धेरै अफर आइरहेको छ । छैन त छैन । एक–दुईवटा अफर छन्, तर त्यसमा रुचि छैन । म मराठी थिएटरबाट हुँ । मैले जहिल्यै पनि तिनै प्रोजेक्टमा काम गरें, जुन मलाई मनपथ्र्यो । मेरो दुर्भाग्य यो हो कि पहिलाको जस्तो शक्तिशाली चरित्र अहिले लेख्न छोडियो । यो दुवैका लागि नोक्सानको कुरा हो । एक अभिनेता भएको नाताले म राम्रो कामलाई मिस गरिरहेको छु । दर्शक राम्रो कलाकारलाई मीस गरिरहेका छन्’, शिवाजी भन्छन् ।

शिवाजीका अनुसार उनलाई अहिले प्रहरी अधिकारीको भूमिकामा अफर आइरहेको छ । जुन भूमिका उनले २० वर्षयता गरिरहेका छन् । यो भूमिका अब उनी गर्न चाहँदैनन् । ‘म किन गर्छु, एउटै भूमिका म पटक–पटक गर्न सक्दिनँ । तर एसीपी प्रद्युम्नको भूमिका मेरो हृदय नजिक छ । फेरी सीआइडी सुरु भयो भने त्यो भूमिका फेरि गर्नुपर्छ । म अहिले भूमिकालाई भन्दा पनि काम नपाएर तनावमा छु’, उनले भनेका छन् ।

शिवाजीले सन् १९८८ मा नसिरुद्दिन शाह र अनुपम खेरको फिल्म ‘पेस्टोनजी’बाट करियर सुरुवात गरेका थिए । उनले ‘यशवन्त’, ‘गुलाम–ए–मुस्तफा’, ‘युगपुरुष’, ‘हु तु तु’, ‘चाइना गेट’, ‘नायक’लगायतका फिल्ममा अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर