सत्तारुढ गठबन्धनले बनायो एमसीसीको विषयमा छलफल गर्न खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल — OSNepal

सत्तारुढ गठबन्धनले बनायो एमसीसीको विषयमा छलफल गर्न खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल

LC (KTM) January 23, 2022 0

काठमाडौं ९ माघ । अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी) को विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनले वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

एमसीसी पास गर्ने विषयमा गठवन्धनमै मतभेद देखिएपछि सरकारले कार्यदल गठन गरेको हो । गठवन्धन सरकारका नेकपा एकिकृत सामाजवादी पार्टी , नेकपा माओवादी केन्द्र यथास्थितिमा एमसीसी पास गर्न नहुने भन्दै आएको छ ।

अर्को गठवन्धन दल राष्ट्रिय जनमोर्चा एमसीसी पारित नै गर्न नहुने भन्दै आएको छ । खनाल नेतृत्वको कार्यदलमा नारायणकाजी श्रेष्ठ र ज्ञानेन्द्रवबहादुर कार्की सहभागी छन् ।

कार्की एमसीसी सम्झौतामा हस्ताक्षर गर्ने तत्कालीन अर्थमन्त्री हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर